९ पुस २०८२, बुधबार | December 25, 2025

एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम ९एसपीपी० फिर्ता लिने या नलिने विषयमा गठबन्धनमा छलफल नभएको बताएका छन् ।

काठमाडौंमा आइतबार संचारकर्मीहरुसँगको अन्तक्रियामा अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल नभएको बताएका हुन् ।

नेपालले गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीत हुने गरी कुनै पनि सम्झौता आफूबाट नहुने जानकारी गराएको भने बताए । उनले प्रधानमन्त्रीले बैठकमा र गृहमन्त्रीले संसदमा बोलिसकेपछि यसलाई धेरै शंका गरिरहन आवश्यक नभएको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन भन्नुभएको छ । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन । तर सजग भने भैरहनुपर्छ ।’

तर नेपालले भने सैन्य गठबन्धन वा सुरक्षा घेराभित्र वा छिमेकी देशको सुरक्षा संवदेनशीलता असर पार्ने गरी नेपाल जहाँसुकै गएर पनि स्पष्टसँग भन्नुपर्ने जनाए ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : २८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना