७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना



काठमाडौं । कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।

कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाचो भएको बताए ।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिदैं गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : १९ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र