२२ भदौ २०८३, सोमबार | September 7, 2026

काम गर्न कतार गएका अर्घाखांचीका युवाको छतबाट खसेर मृत्यु



काठमाडौं । रोजगारीको सिलसिलामा कतार पुगेका अर्घाखाँचीका एक युवाको छतबाट खसेर मृत्यु भएको छ ।

अर्घाखांची भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३४ बर्षिय हरि बहादुर सुनारको आफु बसेको घरको छातबाट लडेर मृत्यु भएको हो । आफु बस्ने कोठाभित्र ईन्टरनेटले काम नगरेको भन्दै नेटवर्क खोज्न छतको छेउ पुग्दा खसेको अनुमान गरिएको छ ।

मृतक सुनार छतबाट खस्ने दिनमा पनि बिगतका दिनहरुमा जस्तै छतमा गएको उनीसंगै बस्ने साथिहरुले बताएको कतारबाट कतारबाट पत्रकार राज थापाले जनाएकाछन् । सुनारको दुखद निधन प्रति अर्घाखाँची सेवा समाज कतार परिवारले दुःख ब्यक्त गरेको छ । प्रवासमा जिल्ला वासी दाजुभाई गुमाउदाको पीडाले सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष टेकराज थापाले बताए ।

अध्यक्ष थापाका अनुसार मृतक सुनार १८ महिना पहिले रोजगारिको सिलसिलामा कतार पुगेका थिए ।

मृतक सुनारको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । उनि कार्यरत कम्पनीले कानुनी प्रक्रिया अगाडी बढाएको र समाजले शवलाई नेपाल पठाउन पहल गर्ने बताएको छ ।

कोभिड-१९ ले गर्दा यतिबेला पहिले जस्तो सहज नभएको र कागजी प्रक्रिया पूरागरी शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोहि कम्पनीमा कार्यरत नेत्र प्रसाद आचार्यले बताएका छन् । सुनारको घरमा श्रीमति र एउटा ८ बर्षको र अर्को ३ वर्षका दुई छोरा छन ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ४२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा