१५ पुस २०८२, मंगलबार | December 30, 2025

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी



पोखरा । नेपाली पकांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।

उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ ति नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’

स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठक समेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवररले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ । अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि । सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरु बैठकमा आउनुभएन, आउनुभएकोले पनि हस्ताक्षर गर्नुभएको छैन ।’

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिडेका बैठकका एक सदस्यले बताए । ‘होटलमा बैठक राखेको भनेर आलोचना भैरहेको थियो । त्यसमाथी स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ ति नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हा¥यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’

सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’ बरालले अर्का उम्मेदवार सुदीपमोहन भट्टराईलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ४४ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन