१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने माओवादी नेता महराको आशंका



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमवार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । उनले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै आम नागरिकहरु सचेत रहनुपर्ने बताए । नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४÷५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताएका हुन् । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए ।

उनले भने, ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको बिरुद्ध छ । सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरित छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरु झुक्ने त होइनन । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन ? यही कुरा ४/५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन भन्ने शंका छ । तर त्यो आशंका मेटियोस । अहिले सबै पार्टी एसपीपीको बिरुद्धमा छन । एमसीसीले ढोका खोल्यो, त्योसँग अभिन्न रुपले अंग जोडिएको आईपीएसको अर्को रुपमा देखिएको एसपीपी यहाँ आयो । नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरुले यसलाई सम्झौता गर्नको निमित्त बोलाए । तर यतिबेला छताछुल्ल भयो । यो साम्राज्यवादको नियन्त्रणमा कतै देश त जाने होइन भन्ने प्रश्न आजको समस्या हो । यही हो चुनौति । किसानका आफना समस्या छन तर देशको राज्यसत्ता कतै साम्राज्यवादको कित्तामा जाने त होइन ? भन्ने प्रश्न छ । अब हामी सबैले तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्छ ।’

पूर्व सभामुखसमेत रहनुभएका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४९ बजे

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का