९ पुस २०८२, बुधबार | December 25, 2025

सरकारद्वारा एसपीपी अस्वीकार, परराष्ट्रमार्फत अमेरिकालाई पत्र पठाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपिपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपिपी अस्वीकार गर्न दबाब दिएका थिए ।

तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपिपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : २१ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना