४ पुस २०८२, शुक्रबार | December 20, 2025

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा, पर्यटनमा सहकार्य गरिने



पोखरा । पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ ।

भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । दुवै नगरले पर्यटन प्रवर्द्धन र अन्य विकासका काममा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दुई नगरबीचको सहकार्यलाई अझै प्रगाढ र निरन्तर बनाउनुपर्ने बताए । ‘भगिनी सम्बन्ध गाँसिएको छ । यसलाई औपचारिकतामा मात्रै राख्नु हुन्न,’ उनले भने, ‘एकआपसका असल अभ्यास शेयरिङ गर्नुपर्छ । पर्यटनमा सहकार्य हुनुपर्छ ।’ दुवै नगरले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्को सहरमा पठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको