५ आश्विन २०८३, सोमबार | September 21, 2026

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा, पर्यटनमा सहकार्य गरिने



पोखरा । पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ ।

भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । दुवै नगरले पर्यटन प्रवर्द्धन र अन्य विकासका काममा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दुई नगरबीचको सहकार्यलाई अझै प्रगाढ र निरन्तर बनाउनुपर्ने बताए । ‘भगिनी सम्बन्ध गाँसिएको छ । यसलाई औपचारिकतामा मात्रै राख्नु हुन्न,’ उनले भने, ‘एकआपसका असल अभ्यास शेयरिङ गर्नुपर्छ । पर्यटनमा सहकार्य हुनुपर्छ ।’ दुवै नगरले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्को सहरमा पठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ४० बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।