४ माघ २०८२, आइतबार | January 18, 2026

जथाभावी गर्ने अनलाइनलाई नियमन गर्न उच्च अदालतबाट काउन्सिललाई बाटो खुला



ललितपुर । उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालले चालेको कदमलाई सदर गरिदिएको छ । सोमबार अदालतले आदेश जारी गर्दै जथाभावी गर्ने अनलाइनलाई नियमन गर्न प्रेस काउन्सिललाई बाटो खोलिदिएको हो ।

काउन्सिलको नियमन गर्ने कदममाथि चुनौती दिँदै एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइमा अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।

जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आजले रिट दायर भएको थियो । उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको भएपनि उच्च अदालतले काउन्सिलले विधिसम्मत काम गरेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश आवश्यक नरहेको जनाएको छ ।

न्यायाधीशद्वय श्यामजी प्रधान र रमेश ढकालको संयुक्त इजलासबाट अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमन गर्न बाटो खुला गर्ने गरी आदेश जारी भएको हो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ०८ बजे

महाधिवेशनमा ओलीविरुद्ध उभिएका नेताहरूको टिकट चैट

काठमाडौं । गत मंसिरमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी

रुपन्देहीमा तन्त्र तथा ज्योतिषसम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सम्पन्न

बुटवल । तन्त्र र ज्योतिष सम्बन्धी समग्र ज्ञान तथा व्यवहारिक

प्रत्यक्ष उम्मेदवार टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

काठमाडौंमा आजदेखि आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट, नेपालले थाइल्याण्डसँग उद्घाटन खेल खेल्ने

काठमाडौं । नेपालको आयोजनामा आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदै, बैठक सिंहदरबारमा बस्ने

काठमाडौं । राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।