१९ बैशाख २०८१, बुधबार | May 1, 2024

योग प्राचीन सभ्यता र जीवन दर्शनको अभिन्न अंग : राष्ट्रपति भण्डारी



काठमाडौं . राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु बैका लागि खुशीको विषय भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुश, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भौतिक विकासबाट प्राप्त हुने मानवीय खुशीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक ऊर्जासँग जोड्दै सुशी, समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुने उल्लेख गरेकी छन् ।

सन्देशमा योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको उल्लेख छ । यसकारण योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको राष्ट्रपतिको भनाइ छ ।

निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने राष्ट्रपतिको विश्वास छ ।

योगको विकासमा नेपाली सभ्यताको योगदानबारे विद्वान-विदुषी, अध्येता एवं योगगुरुबाट प्रशस्त प्रकाश पारिएको उल्लेख गर्दै नेपालको भूमिमा उद्भव एवं विकास भएको मानिने शिव, जनक, बुद्ध, किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको उल्लेख गरिएको छ ।

सन्देशमा सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको र योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइएको छ ।

यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योगका आठ सोपान अर्थात् अष्टाङ्ग योग नामकरणबारे सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष ११ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो । ‘मानवताका लागि योग’ भन्ने मूल अभिप्रायका साथ यो दिवस मनाइदै छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : २७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी