९ पुस २०८२, बुधबार | December 25, 2025

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् ।

मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन् । आयोगलाई पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय थापा र शर्माले सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरिसकेकाले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्ने बताए ।

‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानुनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै सुरुवात गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ । राजनीतिक दलहरूबीच पनि पटक पटक छलफल भएको छ । कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ ।’

उनले अझै पनि चार–पाँच महिनाको समय बाँकी रहेकाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सकिने उल्लेख गरे । निर्वाचन आयोगले काम सुरु गरेलगत्तै सरकारले यसमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री शर्माले हरेक विषय कांग्रेसकै अगुवाइ र नेतृत्वमा हुने गरेको जिकिर गर्दै यो विषय मौलिक हकअधिकार पनि भएको बताए । थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ५५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना