७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह ‘घण्टी’



काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सभामा लामिछानेले नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

त्यस्तै लामिछानेको नेतृत्वमा गठन हुने पार्टीले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेको छ । आज राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गर्दै उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह घोषणा गरेका हुन् ।

लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा आएको बताए । ‘व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई व्यवस्था होइन, तपाईंहरूको अवस्था बदल्नु छ । यो हिसाबले राजनीतिमा आएको हुँ ।’ उनले भने ।

आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेकोसमेत बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । ‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।

रविले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृ संगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ०९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी