१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्कुल बस निर्देशिका त छ तर रुपन्देहीका विद्यालयले टेर्दैनन्



भैरहवा । स्कुल बस व्यवस्थापनका लागि चार वर्षअघि अर्थात १६ चैत ०७४ मा यातायात व्यवस्था विभागले निर्देशिका तयार गरेका थिए । तर, निर्देशिका बनेकाे चार वर्षदेखि रुपन्देहीका कुनै पनि निजी स्कुलले एक पटक पनि नपल्टाएकाे प्रष्ट हुन्छ ।

निर्देशिका बनाए पनि यसकाे कार्यान्वयन गर्ने निकाय निजी विद्यालयहरूकाे अटेरीपनले अलपत्र जस्तै भएकाे हाे । निर्देशिकामा १२ वर्षभन्दा माथि उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न नपाउने, भाडामा लिएको बसमा ‘अन स्कुल ड्युटी’ लेखेर चलाउनु पर्ने, अग्नि नियन्त्रक प्रणाली तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र बोक्नुपर्ने लगायतका मापदण्डहरु छन् । जो रुपन्देहीका विद्यालयले पालन गरेका छैनन् ।

भैरहवामा अहिलकोे अधिकतम तापमान ४० डिग्रीसम्म पुगेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । यस्तो अवस्थामा पनि रुपन्देहीका विभिन्न विद्यालयका बसहरूले भेडाबाख्रा कोचे झै बिद्यार्थी कोचेर विद्यालय पुर्‍याउने गरिरहेका छन् ।

ट्राफिक प्रहरीकाे अनुगमन

चर्को शूल्क असुलेर पनि विद्यार्थीलाई सहुलियतको नाममा भेडा बाख्रा बनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमन सुरू गरेको छ । विद्यालयको यो अवस्था नियन्त्रणमा होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीकै नेतृत्वमा रुपन्देहीको विभिन्न ठाउँमा अनुगमन गरिएको छ ।

कार्यालय मातहतका निकायले स्कुल बस चेकजाँच गरी सम्झाइबुझाई गरेको छ । हामीले पहिलो दिन जिल्लाका विभिन्न ठाँउमा चेकजाँच गर्दा ६५ विद्यालयलाई सम्झाइबुझाई छाडेको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । चेकजाँच गरिएको बसमध्ये अधिकांसले क्षमताभन्दा बढी बालबालिका बोकेका थिए । अधिकांस बस निर्देशिका विपरित रहेकोले सचेत गराइएको उनले भने ।

हामीले पहिलो चरणमा अञ्चललपुर, एयरर्पोट, धकधई, आँखा अस्पताल, मायादेवी, पर्सा लुम्बिनस्, सालझण्डी, सरौली, मंगलापुर, छपिया बजार र डण्डा पुल अगाडि विभिन्न बसहरू चेकजाँच गरेको यसलाई अभियानकै रुपमा लैजाने ट्राफिक प्रहरी प्रमुख केसीले बताए ।

दुई जना विद्यार्थी बस्ने सिटमा ४-५ जनासम्म राख्ने, उभ्याएर विद्यार्थी आसार्ने, बसको अवस्था दुरुस्त नरहेको पनि पाइएकोले पहिलो दिन यस्तो बसलाई सम्झाइबुझाई छोडेको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ४५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू