१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

स्कुल बस निर्देशिका त छ तर रुपन्देहीका विद्यालयले टेर्दैनन्



भैरहवा । स्कुल बस व्यवस्थापनका लागि चार वर्षअघि अर्थात १६ चैत ०७४ मा यातायात व्यवस्था विभागले निर्देशिका तयार गरेका थिए । तर, निर्देशिका बनेकाे चार वर्षदेखि रुपन्देहीका कुनै पनि निजी स्कुलले एक पटक पनि नपल्टाएकाे प्रष्ट हुन्छ ।

निर्देशिका बनाए पनि यसकाे कार्यान्वयन गर्ने निकाय निजी विद्यालयहरूकाे अटेरीपनले अलपत्र जस्तै भएकाे हाे । निर्देशिकामा १२ वर्षभन्दा माथि उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न नपाउने, भाडामा लिएको बसमा ‘अन स्कुल ड्युटी’ लेखेर चलाउनु पर्ने, अग्नि नियन्त्रक प्रणाली तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र बोक्नुपर्ने लगायतका मापदण्डहरु छन् । जो रुपन्देहीका विद्यालयले पालन गरेका छैनन् ।

भैरहवामा अहिलकोे अधिकतम तापमान ४० डिग्रीसम्म पुगेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । यस्तो अवस्थामा पनि रुपन्देहीका विभिन्न विद्यालयका बसहरूले भेडाबाख्रा कोचे झै बिद्यार्थी कोचेर विद्यालय पुर्‍याउने गरिरहेका छन् ।

ट्राफिक प्रहरीकाे अनुगमन

चर्को शूल्क असुलेर पनि विद्यार्थीलाई सहुलियतको नाममा भेडा बाख्रा बनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमन सुरू गरेको छ । विद्यालयको यो अवस्था नियन्त्रणमा होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीकै नेतृत्वमा रुपन्देहीको विभिन्न ठाउँमा अनुगमन गरिएको छ ।

कार्यालय मातहतका निकायले स्कुल बस चेकजाँच गरी सम्झाइबुझाई गरेको छ । हामीले पहिलो दिन जिल्लाका विभिन्न ठाँउमा चेकजाँच गर्दा ६५ विद्यालयलाई सम्झाइबुझाई छाडेको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । चेकजाँच गरिएको बसमध्ये अधिकांसले क्षमताभन्दा बढी बालबालिका बोकेका थिए । अधिकांस बस निर्देशिका विपरित रहेकोले सचेत गराइएको उनले भने ।

हामीले पहिलो चरणमा अञ्चललपुर, एयरर्पोट, धकधई, आँखा अस्पताल, मायादेवी, पर्सा लुम्बिनस्, सालझण्डी, सरौली, मंगलापुर, छपिया बजार र डण्डा पुल अगाडि विभिन्न बसहरू चेकजाँच गरेको यसलाई अभियानकै रुपमा लैजाने ट्राफिक प्रहरी प्रमुख केसीले बताए ।

दुई जना विद्यार्थी बस्ने सिटमा ४-५ जनासम्म राख्ने, उभ्याएर विद्यार्थी आसार्ने, बसको अवस्था दुरुस्त नरहेको पनि पाइएकोले पहिलो दिन यस्तो बसलाई सम्झाइबुझाई छोडेको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ४५ बजे

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको