२४ भदौ २०८३, बुधबार | September 10, 2026

भैरहवाको बाल सुधार केन्द्रमा झडप, रुपन्देही प्रहरी प्रवक्तामाथि रड प्रहार



बुटवल । भैरहवा स्थित बालसुधार केन्द्रमा राखिएका बाल कैदीहरुले रुपन्देही प्रहरीमाथि आक्रमण गर्दा रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल घाइते भएका छन् । सुधारकेन्द्रभित्र भएको झगडा मिलाउन पुगेका डीएसपी पौडेलमाथि सुधार केन्द्रमा राखिएका बाल कैदीले रड प्रहार गरि घाइते बनाएका हुन् ।

सुधारकेन्द्रमा दिनहुँ भैझगडा भएको उजुरीका आधारमा उनीहरू मध्य केहीलाई सुधारकेन्द्रबाट अन्यत्र लैजानका लागि डीएसपीको नेतृत्वमा टोलि पुगे लगत्तै बालसुधार केन्द्रमा रहेका बालकैदीहरुले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरी पुगे लगत्तै सुधारकेन्द्र भित्रबाट ताला लगाएर उनीहरुले नाराबाजी सुरु गरेका थिए । सुधारकेन्द्रभित्र गैरकानुनी काम भएको सुचनाका आधारमा सर्च गर्न जाँदा झडप भएको रुपन्देही प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताए । झडप नियन्त्रण गर्ने क्रममा २ सेल टियर ग्याँस प्रहार भएको उनले बताए । केन्द्र भित्रबाट गैरकानुनीरुपमा गाँजा, मोबाईल, फलामका रड भेटिएको पनि उनले बताए । सुधारगृहमा प्रहरीको सर्च जारी छ ।

झगडा मिलाएर केही बाल बन्दीहरुलाई अन्यत्र सार्न पुगेका डीएसपी पौडेल माथि सुधार केन्द्र भित्र प्रवेश गरे लगत्तै फलामको रडले टाउकोमा प्रहार गरेको बताइएको छ । सधारकेन्द्रमा रहेकाहरुले प्रहरी बिरुद्ध चर्को नाराबजी गरिरहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ३६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको