१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कुकुरले टोक्दा एक महिला गम्भीर, थप उपचारका लागि नेपालगञ्ज लगियो



हुम्ला । कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए ।

उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको उनले बताए। कुकुरले टोकेर घाइते भएकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

कुकुरको टोकाइबाट सक्त घाइते भएकी महिलाको जिल्ला अस्पातल हुम्लामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । घाइतेलाई आजै नेपालगञ्ज लगिएको आफन्त रावतले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ४३ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी