४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’



काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् । अब उनीहरुले आफ्ना माग सम्बोधन नगरे अत्यावश्यकबाहेकका परियोजना र राष्ट्रिय गौरवका आयोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर निर्माण सामग्रीको मूल्य समायोजन गर्न र व्यवसायीलाई राहत दिन माग गरेका छन् ।

महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको समेत जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ५४ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत