१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, आन्तरिक उडान नियमितरुपमै हुने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ।

गएराति भएको वार्तामा प्राधिकरण र संघबीच सहमति भएको हो । यो सहमितसँगै आज आन्तरिक उडान नियमित सञ्चालन हुने भएका छन् ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि आन्तरिक उडान ठप्प पार्ने घोषणा गरेको थियो । त्यसपछि राति नै प्राधिकरण र संघबीच वार्ता भएको हो ।

प्राधिकरणले संघका जायज माग सम्बोधन गर्ने सहमति गरेपछि संघले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले आन्तरिक उडान नियमित सञ्चालन गर्ने र वार्तालाई पनि निरन्तरता दिने सहमति भएको बताए ।

दुवै पक्षबीच आज पनि छलफल हुने भएको छ । आज मध्याह्न १२ बजे प्राधिकरणको केन्द्रीय कार्यालयमा छलफल हुने भएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : १४ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण