१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, आन्तरिक उडान नियमितरुपमै हुने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ।

गएराति भएको वार्तामा प्राधिकरण र संघबीच सहमति भएको हो । यो सहमितसँगै आज आन्तरिक उडान नियमित सञ्चालन हुने भएका छन् ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि आन्तरिक उडान ठप्प पार्ने घोषणा गरेको थियो । त्यसपछि राति नै प्राधिकरण र संघबीच वार्ता भएको हो ।

प्राधिकरणले संघका जायज माग सम्बोधन गर्ने सहमति गरेपछि संघले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले आन्तरिक उडान नियमित सञ्चालन गर्ने र वार्तालाई पनि निरन्तरता दिने सहमति भएको बताए ।

दुवै पक्षबीच आज पनि छलफल हुने भएको छ । आज मध्याह्न १२ बजे प्राधिकरणको केन्द्रीय कार्यालयमा छलफल हुने भएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : १४ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ