२६ बैशाख २०८३, शनिबार | May 9, 2026

धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय ९जिप्रका० धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा झाले २०३९ मंसिर ९ गते गाविस सचिव ९रा।प।अनं।द्वितीय० पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिएको थियो ।

परीक्षण अवधि २०३९÷४० देखि २०७७÷७८ सम्ममा उनले २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा झाले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ अवैध आर्जन गरेको पाइएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्ति जारी गरी अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ५३ बजे

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित