१४ असार २०८३, आइतबार | June 29, 2026

बेष्ट्रन क्रिकेट एकेडेमीमा एक हप्ते क्याम्प



बुटवल । देविनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा एक हप्ते विशेष क्रिकेट क्याम्प शुरु भएको छ । भारत मेघालय यु-१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण दिने छन ।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले बुधबार क्याम्पको उद्घाटन गर्दै उमेर समुहको क्रिकेटर उत्पादन गर्न निजि क्षेत्रका एकेडेमीको महत्वपूर्ण योगदान भएको बताए ।

यसैबिच रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले एकेडेमीलाई बल हस्तान्तरण गर्दै क्रिकेट सिक्न चाहने बालबालिकाहरुलाई उर्जा क्याम्पबाट हुने दाबी गरे । एउटा निजि लगानीमा संचालन भएको एकेडेमीबाट अन्तराष्ट्रियस्तरको तालिम चलाउनु गर्वको विषय भएको उनले बताए ।

क्याम्पका प्रशिक्षक आईसिसि लेभल २ कोच एस पि यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै जागरुकता र सिकाईको भावना भेटेको बताए । करीब ३ वर्ष अघि पनि तालिम दिन बुटवल आएको आफनो अनुभव सुनाउदै उनले क्रिकेट सिक्नका लागि मेहनत गर्न युवाहरुमा चाहना भेटेको बताए ।

कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष सुरेन्द्र शाक्य, रुपन्देही लनटेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी मोहन थापा, नेपाली राष्ट्रिय टिमका खेलाडी देव खनाल, रुपन्देही जिल्ला क्रिकेट संघका सचिव सन्जय गुरुङ, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरजप्रताप खाड, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए ।

एकेडेमीका अध्यक्ष भुवन पाण्डेले नियमित वार्षिक कार्यक्रम अनुसार नै प्रशिक्षण कार्यक्रमहरु गरिदै आएको बताए । कोभिड संक्रमणका कारण दुई वर्ष स्थानियस्तरमा नै प्रशिक्षण गरिदै आएको भएपनि अन्तराष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरि अगाडी बढ्न मद्यत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरु प्रशिक्षण लिईरहेका छन ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : २५ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा