२५ असार २०८३, बिहिबार | July 9, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विशेष प्रस्ताव पास गर्न आग्रह



बारा । निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरूसँग विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ ।

समितिले कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरका प्रमुख उपेन्द्रप्रसाद यादव, पचरौताका नगरप्रमुख जालन्धर सिंह, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, बारागढीकाका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादव र आदर्शकोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदप्रसाद साहलाई पालिका कार्यालयमै भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सहयोग पु¥याउने उद्देश्यले पालिका सभाबाट विशेष प्रस्ताव पास गर्न आग्रह गरेका हुन् ।

बाराको टाँगीयाबस्तीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ०५१ सालमा प्रारम्भिक सर्वेक्षण भएको थियो । यस्तै, ०५६ सालमा विमानस्थलको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्यांकन पूरा गरेर मुआब्जा वितरण प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको छ । यसलाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा सरकारले घोषणा गरेको छ ।

समितिका संयोजक एकबहादुर श्रेष्ठले हस्ताक्षर गरेर बुझाइएको पत्रमा आयोजना निर्माणस्थलको रुपमा रहेको टाँगियाबस्तीको व्यवस्थापन गर्न सरकारले जग्गा छनौट गरेर कानुनी र विधिगत रुपमा बस्ती स्थानान्तरणको लागि काम सुरु गर्ने चरणमा पुगिसकेको तथा जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न भैसकेको जनाइएको छ ।

यस्तो अवस्थामा सर्वोच्च अदालतको १२ जेठ ०७९ को निर्णयअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने कार्य भएको र सर्वोच्च अदालतको निर्णयबाट विमानस्थल निर्माणकार्य अहिले जोखिममा भन्दै विमानस्थल निर्माण गर्न बारा जिल्लाबासी थप सक्रिय र एकताबद्ध भएर लाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै पालिकासभा र बैठकबाट अदालतको निर्णय पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारलाई सहयोग पुर्‍याउने गरी विशेष प्रस्ताव पारित गर्न आग्रह गरिएको छ ।

आग्रह पत्र बुझाउन संयोजक श्रेष्ठको नेतृत्वमा विनोद भारतीसहितका समितिका सदस्यहरू पालिका कार्यालयमा पगेका थिए । समितिका सदस्य भारतीका अनुसार पालिका प्रमुखहरूले विमानस्थल निर्माण गर्न सबै खालको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको जानकारी दिए । उनका अनुसार पत्र बुझाउन बाँकी जिल्लाका अन्य पालिकाका प्रमुखहरूलाई पनि भेटर विशेष प्रस्ताव पास गर्न आग्रह गरिनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : ०८ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’