४ बैशाख २०८१, मंगलबार | April 16, 2024

सेञ्चुरी बैंकले असनमा खोल्यो नयाँ शाखा



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले

ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ६ : ०८ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका