१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

समान्था बनिन् भारतकै लोकप्रिय अभिनेत्री



मुम्बई । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।

ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् । समान्थापछि आलिया भट्ट, नयनतारा, दीपिका पादुकोण, काजल अग्रवाल, कीर्ति सुरेश, कैटरिना कैफ, रश्मिका मन्दाना, पूजा हेगडे र अनुष्का शेट्टी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

यो सर्वेको जानकारी भाइरल भयानीले इन्स्टाग्राममा राखेर दिएको छ । ‘मानिसले सोधे कि कोरोना पछि के परिवर्तन भयो ? अब यसको एक ताजा उदाहरण यहाँ छ । समान्था रुथ प्रभु पूरा भारतमा नम्बर एक अभिनेत्री बनेकी छन् । उनले दीपिका पादुकोण र आलिया भट्टलाई पनि पछि पारेकी छन् । यो सर्वे ओरमेक्सले गरेको हो’, भाइरल भयानीले लेखेको छ ।

समानथले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ०३ बजे

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।