१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा बुटवलमा शनिबारदेखि खुला कलेजस्तरीय भलिबल हुने



बुटवल । मदन भण्डारी स्पोटर्स एकेडेमीले शनिबारदेखि बुटवलमा खुला कलेजस्तरीय भलीबल प्रतियोगिता आयोजना गर्दै छ ।

सिद्धेश्वरी लालकुमारी माविको प्रांगढ दीपनगरमा हुने महिला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुहुने छ । दिउसो ३ बजे विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए ।

प्रतियोगिता अन्तरगतका खेल भने बिहान ७ बजेदेखि नै सुरु हुनेछन् । भलिबल प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका कलेज सहभागी छन् । जसमा पुरुष तर्फ १८ र महिलातर्फ १२ समूह सहभागी हुने प्रतियोगिता संयोजक बुद्धी वश्यालले बताउनुभयो । प्रतियोगिता असार १३ गतेसम्म संचालन हुनेछ । यस्तै एकेडेमीले शनिबारदेखि नै विद्यालयस्तरीय चेस प्रतियोगिता सुरु गर्दैछ । स्कलर्स होम मावि बुटवलमा बिहान ८ बजेदेखि प्रतियोगिता सुरु हुने छ । जसमा १ सय व्यक्ति सहभागी हुने चेस प्रतियोगिता संयोजक विजय गुरुङले बताए ।

७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरीरहेको छ । प्रतियोगिता असार २२ गतेसम्म चल्नेछन् । जसमा क्रिकेट , भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फूल कन्ट्याक कराते , तेक्वान्दो लगायतका प्रतियोगिताहरु रहेका छन् । प्रतियोगितामा विजेतालाई १ लाख रुपैयासम्म पुरस्कार राशी राखिएको छ । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले सहकार्य गरेको छ ।

एकेडेमीका अध्यक्ष धुर्व आचार्यले कोरोनापछि खेल गतिविधिहरु कम भएका बेला खेलको पुर्नजागरणका लागि पनि देशव्यापि प्रतियोगिता आयोजना गरेको बताए । कलेजदेखि राष्ट्रियस्तरका यस्ता प्रतियोगिताहरुले खेलाडीको मनोबल बढ्ने र खेलाडीलाई व्यवसायिक बनाउन सघाउने बताए ।

एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिश्पर्धाहरु आयोजना गरीरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३९ बजे

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम