१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा बुटवलमा शनिबारदेखि खुला कलेजस्तरीय भलिबल हुने



बुटवल । मदन भण्डारी स्पोटर्स एकेडेमीले शनिबारदेखि बुटवलमा खुला कलेजस्तरीय भलीबल प्रतियोगिता आयोजना गर्दै छ ।

सिद्धेश्वरी लालकुमारी माविको प्रांगढ दीपनगरमा हुने महिला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुहुने छ । दिउसो ३ बजे विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए ।

प्रतियोगिता अन्तरगतका खेल भने बिहान ७ बजेदेखि नै सुरु हुनेछन् । भलिबल प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका कलेज सहभागी छन् । जसमा पुरुष तर्फ १८ र महिलातर्फ १२ समूह सहभागी हुने प्रतियोगिता संयोजक बुद्धी वश्यालले बताउनुभयो । प्रतियोगिता असार १३ गतेसम्म संचालन हुनेछ । यस्तै एकेडेमीले शनिबारदेखि नै विद्यालयस्तरीय चेस प्रतियोगिता सुरु गर्दैछ । स्कलर्स होम मावि बुटवलमा बिहान ८ बजेदेखि प्रतियोगिता सुरु हुने छ । जसमा १ सय व्यक्ति सहभागी हुने चेस प्रतियोगिता संयोजक विजय गुरुङले बताए ।

७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरीरहेको छ । प्रतियोगिता असार २२ गतेसम्म चल्नेछन् । जसमा क्रिकेट , भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फूल कन्ट्याक कराते , तेक्वान्दो लगायतका प्रतियोगिताहरु रहेका छन् । प्रतियोगितामा विजेतालाई १ लाख रुपैयासम्म पुरस्कार राशी राखिएको छ । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले सहकार्य गरेको छ ।

एकेडेमीका अध्यक्ष धुर्व आचार्यले कोरोनापछि खेल गतिविधिहरु कम भएका बेला खेलको पुर्नजागरणका लागि पनि देशव्यापि प्रतियोगिता आयोजना गरेको बताए । कलेजदेखि राष्ट्रियस्तरका यस्ता प्रतियोगिताहरुले खेलाडीको मनोबल बढ्ने र खेलाडीलाई व्यवसायिक बनाउन सघाउने बताए ।

एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिश्पर्धाहरु आयोजना गरीरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३९ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस