१५ पुस २०८२, मंगलबार | December 30, 2025

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति



सिन्धुपाल्चोक । गए राति मेलम्ची नदीमा बाढी आएको छ । बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका बासिन्दाले घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ का प्रभा भण्डारीले बताइन् ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएको थियो । त्यो ठाउँमा अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

गत वर्ष बाढीबाट मेलम्ची र हेलम्बुमा क्षति पुगेको थियो । एक वर्षसम्म पनि पुनःनिर्माण भएको छैन । फेरि बाढी आउन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १४ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक