९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति



सिन्धुपाल्चोक । गए राति मेलम्ची नदीमा बाढी आएको छ । बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका बासिन्दाले घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ का प्रभा भण्डारीले बताइन् ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएको थियो । त्यो ठाउँमा अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

गत वर्ष बाढीबाट मेलम्ची र हेलम्बुमा क्षति पुगेको थियो । एक वर्षसम्म पनि पुनःनिर्माण भएको छैन । फेरि बाढी आउन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १४ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड