७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ओलीपछि वामदेवले लगाए आरोप – प्रचण्डकै कारण नेकपा विभाजित भएको हो



काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिवार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष प्रचण्डले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताएका हुन् । गौतमले एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको तर्क गरे । उनले पहिलो चरणमा अध्यक्ष प्रचण्डको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद बन्द गरेको जिकिर गरे । गौतमले कम्युनिष्ट एकताकै लागि अहिले आफू कुनै समूहमा नलागेको पनि दाबी गरे । उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेको स्वीकार्दै आत्मलोचना गरेको बताए । उनले त्यो बेला अध्यक्ष प्रचण्डको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताए ।

उनले भने, ‘मैले यदि पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुटने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ । माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो, ईश्वर, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रस्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ, उहाँहरुले अविश्वासको प्रस्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष प्रचण्डले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोडन तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको जिकिर गरे ।
उनले भने, ‘२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाउनुभएको थियो । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको थियो । उहाँले मेरोबिरुद्ध पार्टीभित्र जेजस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईमध्ये एउटा पद छोडनुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोडन तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुभएको थियो । साथै ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस, फिर्ता लिनुस भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाई हो, मेरो त नाम मात्रै राखेको हो, तपाईको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ ।’

गौतमले नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए । उनले काँग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर काँग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाए । उनले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए ।

गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली काँग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए । काँग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले सथान पाउने भन्दै कम्युनिष्टहरु मिलेर काँग्रेसलाई सँगै लैजानुपर्ने तर काँग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताए । उनले काँग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल