४ असार २०८३, बिहिबार | June 18, 2026

माछापुच्छ्रे बैंकले प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गर्यो



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ ।

बैंकद्धारा शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

हाल प्रसिद्ध हलेसि मन्दिरमा दैनिक रुपमा सयौ दर्शनार्थीहरु दर्शन गर्न आउने भएपनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेर्कड मन्दिरसंग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले प्रदान गरेको मेसिनमा सिसि टिभि क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्याउने छ । आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्रको रुपमा रहेको प्रसिद्ध हलेसि मन्दिरको संरक्षण र प्रर्वद्धनको लागि बैंकले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ५६ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका