२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

रोटरी ई-क्लव अफ मेडिकोफ्युजनको अभियान, “बच्चा भुलाउन बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ”



बुटवल । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् ।

चिकित्सकहरु आवद्ध रहेको रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो ।

क्लवलेरुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियान समेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रमा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए । क्लवले बालबालिकाहरु बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरुमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लवले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ” अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात् आफैंबाट गर्नुपर्ने बताए । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लवले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताए । कार्यक्रममा रोटरी क्लवका एजी राजेन्द्र कार्की, रोटरीयनहरु डा. विनिता भट्टराई, डा. मञ्जु गुभाजुलगायतले बोलेका थिए । रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि “जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउछु” भन्ने अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : १२ बजे

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले