१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

अपाङ्ग आश्रमलाई रुपन्देही व्यापार संघको खाद्य सामाग्री



बुटवल । रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ ।

उपसमितिको पहलमा संकलन गरिएको खाद्य सामाग्री कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामलाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख अर्यालले समाजमा रहेका हरेक नागरिकको बाच्न पाउने अधिकारलाई सुरक्षित गर्दै उनीहरुको श्रम र शिपलाई सदुपयोग गर्ने अवसरको सिजर्ना गर्न सबैले हालेमालो गर्नु पर्ने कुरामा जोड दिईन् । उनले समाजमा विभिन्न कारण अशक्त हुन पुगेका नागरिकहरुको सुरक्षामा उपमहानगरपालिकाले समान व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपहेलित हुने अवस्था आउन नदिने बताईन् ।

कार्यक्रमका विशिष्ठ अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले व्यवसायीक अधिकारको वकालतसंगै समाजप्रतिको उत्तरदायित्वलाई पनि आफ्नो लक्ष्य राखेको हुदा यस प्रकार सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताए ।

व्याग बस्तुगत उपसमितिका संयोजक शंकर पोखरेलको अध्यक्षता सहसंयोजक विजयसिंह रायमाझीको स्वागत तथा सचिव दिपेन्द्र न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामले आश्रमको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधी भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, सचिव फर्सुराम पन्थ लगायतका व्यवसायीहरुको उपश्थिति रहेको थियो ।

सो अवसरमा करिव २५ हजार मुल्य बराबरको चामल, तेल, दाल, आलु, प्याज, साबुन लगायतको सामाग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ११ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि