२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रतिनिधिसभा निर्वाचनमा २० लाख मत कटाउने माधव नेपालको दाबी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब पार्टीको पुरै ध्यान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लगाउनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । नेपालले निर्वाचनमा अरुको भर नपरी पार्टीको आफ्नै तागतमा पुरै शक्तिका साथ लाग्नुपर्ने बताए ।

नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत मात्र उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गर्दै अब पुरै क्षेत्रमा उम्मेदवारी दिएर कम्तिमा २० लाख मत ल्याउने दाबी गरे ।

नेपालले अधिकतम सफलता हासिल गर्नका लागि आफ्नो शक्ति पुरै लागेमा लक्ष्य हासिल गर्न सकिने जिकिर गरे । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर संगठनको काम अघि बढाउन उनले निर्देशन दिए । नेपालले भने ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रीत गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्नेछ’ । अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । त्यसैले अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ३२ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले