१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकवीच सम्झौता



काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card ) मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पु¥याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी गरिमा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card ) प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ४६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग