१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

गण्डकी प्रदेश सरकारको गाडीमा लगाईएको भारी कर विरुद्ध उभिए प्रदेशका १२ काँग्रेस जिल्ला सभापति



पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित करका दर अत्यधिक बढाएको छ । प्रदेशका ११ वटै जिल्लाका सभापतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका छन् ।

दुई पटक नवीकरण गर्नुपर्ने निर्णयले यातायात क्षेत्र र आम जनतामा कठिनाइ थपिने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले जनताको ढाड सेकिरहेको अवस्थामा प्रदेश सरकारले लिएको नीति जनघाती भएको बताइएको छ ।

‘प्रदेश सरकारले दिगो विकासलाई ध्यानमा राख्दै योजना तर्जुमा गरोस् । उत्पादन बढाउने कार्यक्रम ल्याओस्,’ उनीहरूले भने, ‘जनतालाई आत्मनिर्भर बनाउन र रोजगारीको सिर्जना गर्ने कार्यक्रम बनाउनु पर्छ । यातायातमा भएको अनियमितता हटाए आम्दानी स्वतः बढ्छ । दर बढाउनु आवश्यक छैन ।’

प्रदेशको अधिकतम आम्दानीको श्रोत यातायात क्षेत्र भएको छ । यसैमा उपभोक्तालाई बढी सास्ती हुने गरी नीति ल्याइएको भन्दै सत्तारुढ कांग्रेसकै सभापतिहरूले विरोध जनाएको गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यसमा ११ वटै जिल्लाका सभापतिले हस्ताक्षर सहित विज्ञप्ति सरकारलाई बुझाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग