६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेश सरकारको गाडीमा लगाईएको भारी कर विरुद्ध उभिए प्रदेशका १२ काँग्रेस जिल्ला सभापति



पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित करका दर अत्यधिक बढाएको छ । प्रदेशका ११ वटै जिल्लाका सभापतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका छन् ।

दुई पटक नवीकरण गर्नुपर्ने निर्णयले यातायात क्षेत्र र आम जनतामा कठिनाइ थपिने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले जनताको ढाड सेकिरहेको अवस्थामा प्रदेश सरकारले लिएको नीति जनघाती भएको बताइएको छ ।

‘प्रदेश सरकारले दिगो विकासलाई ध्यानमा राख्दै योजना तर्जुमा गरोस् । उत्पादन बढाउने कार्यक्रम ल्याओस्,’ उनीहरूले भने, ‘जनतालाई आत्मनिर्भर बनाउन र रोजगारीको सिर्जना गर्ने कार्यक्रम बनाउनु पर्छ । यातायातमा भएको अनियमितता हटाए आम्दानी स्वतः बढ्छ । दर बढाउनु आवश्यक छैन ।’

प्रदेशको अधिकतम आम्दानीको श्रोत यातायात क्षेत्र भएको छ । यसैमा उपभोक्तालाई बढी सास्ती हुने गरी नीति ल्याइएको भन्दै सत्तारुढ कांग्रेसकै सभापतिहरूले विरोध जनाएको गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यसमा ११ वटै जिल्लाका सभापतिले हस्ताक्षर सहित विज्ञप्ति सरकारलाई बुझाएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ०१ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना