२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँकेमा लाठी प्रहारगरि एकजनाको हत्या, ४ जना पक्राउ



नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा एकजना युवालाई लाठी प्रहार गरि हत्या गरिएको छ ।

सोमबार बिहान अन्दाजी २ बजेको समयमा बैजनाथ गाँउपालिका वडा नं ४ एलबी चौकमा बैजनाथ वडा नंवर ६ बस्ने ३० वर्षिय मिलान भन्ने दीक्षित खड्काको लाठी प्रहार गरि हत्या गरिएको हो ।

बिहानपख खड्कालाई ४ युवकले कुटपिट गरी सख्त घाइते बनाएकोमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । मेडिकल कलेजले थप उपचारका लागि वीर अस्पताल रिफर गरेकामा सिता एयरको विमानबाट काठमाडौ पठाइएकोमा दिउँसो २ बजे खड्काको मृत्यु भएको ईलाका कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए । हत्या आरोपमा ४ जनालाई पक्राऊ गरिएको डीएसपी मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राऊ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ३ बस्ने सुन्दर शाही, पुर्ण बुढामगर, खगेन्द्र थापा मगर, वडा नं ४ बस्ने गोविन्द बिकरहेका छन ।

प्रहरीले दिएको घटना विवरण अनुसार आईतबार राति बैजनाथ ३ बस्ने पदम सुनारको घरमा जन्मदिन पार्टीमा सहभागी भएका र सोही राती गाउँकै अनुसा कटेजमा गई मादक पदार्थ सेवन गरी पुन पार्टीमा गई नाचगान गरेर घर फर्कने क्रममा स्थानीय एल बि चोकमा मृतक खड्का संग भेट भएको थियो । सोही क्रममा मृतक खड्काले बसपार्क जाने बाटो सोध्दा उनीहरू वीचमा वादविवाद सुरु भएको र सबैजनाले खड्कामाथि भूईमा लडाई लाठी लगायतले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

उता खड्का पनि कोहलपुरमा मनोज शाहको घरमा बिबाह पार्टीमा मादक पदार्थ सेवन गरेर शाहकै चिसापानी घरमा सुत्न गएकोमा बिहान अन्दाजी २ बजेको समयमा शाहको घरबाट पैदल कोहलपुर तर्फ आउँदै गर्दा ४ जनाको समुहसँग जम्का भेट भएको प्रहरीले जनाएको छ ।

घाईते भएर अचेत अवस्थामा पुगेका खड्कालाई तीनै चार जनाले घटनास्थलवाट बोकी सडकको बीच भागमा राखी आ(आफ्नो घर गई सुतेको समेत डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : १३ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी