२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाँकेमा लाठी प्रहारगरि एकजनाको हत्या, ४ जना पक्राउ



नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा एकजना युवालाई लाठी प्रहार गरि हत्या गरिएको छ ।

सोमबार बिहान अन्दाजी २ बजेको समयमा बैजनाथ गाँउपालिका वडा नं ४ एलबी चौकमा बैजनाथ वडा नंवर ६ बस्ने ३० वर्षिय मिलान भन्ने दीक्षित खड्काको लाठी प्रहार गरि हत्या गरिएको हो ।

बिहानपख खड्कालाई ४ युवकले कुटपिट गरी सख्त घाइते बनाएकोमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । मेडिकल कलेजले थप उपचारका लागि वीर अस्पताल रिफर गरेकामा सिता एयरको विमानबाट काठमाडौ पठाइएकोमा दिउँसो २ बजे खड्काको मृत्यु भएको ईलाका कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए । हत्या आरोपमा ४ जनालाई पक्राऊ गरिएको डीएसपी मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राऊ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ३ बस्ने सुन्दर शाही, पुर्ण बुढामगर, खगेन्द्र थापा मगर, वडा नं ४ बस्ने गोविन्द बिकरहेका छन ।

प्रहरीले दिएको घटना विवरण अनुसार आईतबार राति बैजनाथ ३ बस्ने पदम सुनारको घरमा जन्मदिन पार्टीमा सहभागी भएका र सोही राती गाउँकै अनुसा कटेजमा गई मादक पदार्थ सेवन गरी पुन पार्टीमा गई नाचगान गरेर घर फर्कने क्रममा स्थानीय एल बि चोकमा मृतक खड्का संग भेट भएको थियो । सोही क्रममा मृतक खड्काले बसपार्क जाने बाटो सोध्दा उनीहरू वीचमा वादविवाद सुरु भएको र सबैजनाले खड्कामाथि भूईमा लडाई लाठी लगायतले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

उता खड्का पनि कोहलपुरमा मनोज शाहको घरमा बिबाह पार्टीमा मादक पदार्थ सेवन गरेर शाहकै चिसापानी घरमा सुत्न गएकोमा बिहान अन्दाजी २ बजेको समयमा शाहको घरबाट पैदल कोहलपुर तर्फ आउँदै गर्दा ४ जनाको समुहसँग जम्का भेट भएको प्रहरीले जनाएको छ ।

घाईते भएर अचेत अवस्थामा पुगेका खड्कालाई तीनै चार जनाले घटनास्थलवाट बोकी सडकको बीच भागमा राखी आ(आफ्नो घर गई सुतेको समेत डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : १३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल