९ पुस २०८२, बुधबार | December 25, 2025

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा ओलीले सम्बोधन गर्दै



काठमाडौं । नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।

एमाले र उसका निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको छ । मदन भण्डारी फाउण्डेशनले जन्म दिवसको अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जनताको बहुदलीय जनवाद,राष्ट्र निर्माणको आधार विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम गर्दैछ ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना