१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

मनसुनको प्रभाव : बुटवल-पाल्पा र बुटवल-नारायणगढ सडक अवरुद्ध



बुटवल । मनसुनको प्रभाव देशभरी फैलिएसँगै वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुन पुगेको छ । विहानैदेखिको वर्षाले प्रदेशका विभिन्न ठाउँका सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

मंगलबार विहानैदेखि वर्षा भएपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट लेदो सहतिको पहिरो बग्न थालेपछि आवागमननै ठप्प भएको हो । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उता रुकुम पश्चिमको सदरमुकाम खलङ्गा जाने सडकपनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सदरमकाम नजिकैको रानीबन खण्डको खहरे खोला बढेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गकै बुटवल सुनवल खण्डमा डाईभसैन बगाउँदा अवरुद्ध भएको सडक एकतर्फि संचालनमा आएको छ । अवरुद्ध भएका सडक खुलाउने प्रयास भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ५९ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति