२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नाला र ढलको निकास बिना बुटवलको मुल सडक कालोपत्रे गर्ने प्रयास पहिलो वर्षामै भेलमा बग्यो (फोटो फिचर)



बुटवल । बुटवलमा ढल र नालीको उचित निकास ननिकाल्दै सडकमा कालोपत्रे गर्न थालिएपछि मनसुनको पहिलो वर्षाले नै सडकमा बिच्छाईएको संरचना बगाईदिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण बषौं देखि अलपत्र परेको सडक निर्वाचनको प्रतिबद्धता पुरा गर्ने भन्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको सक्रियतामा नाला र ढलको संरचना पुरा नगर्दै कालोपत्रेको तयारी गरिएको थियो ।

आज बिहानैबाट परेको वर्षाले कालोपत्रेकालागि तयार गरिएको संरचना बगाईदिएको छ भने सडक किनारका नाला तयार नहुँदा सडकमा पानीको भेल बगेको छ । राजमार्ग चिडियाखोला सडक खण्ड बिस्तार गर्न ६ वर्ष पहिले ठेक्का सम्झौता भएपनि सुरुमा स्थानीय घरधनीहरुले मुद्दा दिएका कारण बिस्तार कार्य रोकिएको थियो भने २ वर्ष अगाडि परियोजनाले मुद्दा जितेर सडक बनाउन भन्दै एमाले नेता विष्णु पौडेलले पटके शिलान्यास गरेपनि ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न सकेको थिएन ।

स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा बनेको सो सडक बनाउन भन्दै चुनाव जितेको भोलिपल्टबाटै नगर प्रमुख पाण्डे र उप प्रमुख साबित्रा अर्यालले मध्यरातमा समेत ड्युटी बसेर सडक निर्माणमा खटिएका थिए । सडक किनारका नालाको निकास पुरा नहुँदै जबर्जस्ती कालोपत्रेको तयारी गरिएको लुम्बिनी प्रादेशिक अस्पताल अगाडिका संरचना भेलले क्षति पु¥याईदिएको  छ ।

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडक मुद्धामामिला र स्थानीयको बिरोधका कारण ३ वर्ष रोकिएको थियो । आयोजना अन्तरगत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साईड क्लियर गरिसकेको अवस्थामा पछिल्लोसमय ठेकेदार कम्पनीको कारण राकिएको हो । उता ठेकेदार कम्पनीले भने ८२ रुपैया प्रति लिटर डिजल हुदा स्टीमेट भएको ठेक्का अहिले बढेर १ सय ९२ रुपैया प्रति लिटर हुँदा पनि भेरिफिकेसन नभएको दुखेसो गर्दै काममा सुस्तता देखाउने गरेको छ ।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कन्चनजंगा बिरुवा जेबी ठेकेदार कम्पनीले लापरवाही गरेको कारण समयमा बन्न नसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कुल ५० मिटर चौडाई र २७.५० किलोमिटर दुरीको सडकको यो आयोजनाको कुल लागत ६ अर्ब १३ करोड रुपैया रहेको छ । ५ अर्ब ५९ करोड रुपैया खर्च भैसकेको यो सडक पटकपटक बिबादका कारण रोकिदै आएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ४५ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा