२३ बैशाख २०८१, आइतबार | May 5, 2024

किसानका उत्पादन बटुल्न पोखराले चलायो कृषि एम्बुलेन्स



पोखरा । पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकास महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ ।

उक्त सेवा निस्शुल्क दिइने महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘पोखरामा ढुवानीको समस्या त होइन । तर, एकीकृत ढुवानी छैन । किसानले उत्पादन गरेका कृषि फसलहरु बोटमै कुहिएका छन् । बेच्न सकेका छैनन्,’ उनले भने, ‘निस्शुल्क कृषि एम्बुलेन्स चलाएपछि किसानले पैसा कमाउन सक्छन् । आवश्यक्ता अनुसार यसलाई बढाउँदै लैजान्छौं ।’

किसानले आफ्नो टोलमा भएका उत्पादनको विवरण वडा कार्यालयमा जानकारी गराएपछि एम्बुलेन्स पुग्छ । यसका लागि महानगरले अन्नपात एग्रोलाई साढे ७ लाख रुपैयाँ दिएको छ । ‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ,’ कडरिया भन्छन्, ‘उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुसार कृषि ढुवानी सेवा सञ्चालन हुन्छ ।’

नव निर्वाचित जनप्रतिनिधिहरुले महानगरको पहिलो कार्यपालिका बैठकमै किसानलाई उत्पादनको ढुवानी र बजारिकरणको व्यवस्था गर्न माग गरेका थिए । उक्त छलफल पछि एम्बुलेन्स सुरु गरिएको हो । पोखरा २१ नम्बर वडाबाट एम्बुलेन्स सुरु भएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन