२९ असार २०८३, सोमबार | July 13, 2026

माओवादी केन्द्रले मन्त्री फेर्दैन : दीनानाथ शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पार्टीले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए ।

६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए ।

दुई महिना मन्त्रालयकाबारेमा बुझ्न नै समय लाग्छ, अर्को दुई महिना एजेण्डा बनाउन नै समय लाग्छ,’ उनले भने, ६/६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ ।’

मन्त्री फेर्ने विषयमा हालसम्म आफ्नो पार्टीभित्र छलफल नै नभएको जानकारी दिएका उनले भने, ‘१९ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाए भने बेग्लै कुरा हो । नत्र अहिलेसम्म मन्त्री फिर्ता बोलाउने विषयमा कुरा भएकै छैन ।’

शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताए । ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने उनले बताए । सदस्य शर्माले ३/४ महिनामा पालो पु-याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले यस किसिमका पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको धारणा राखे । शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार भने पार्टीलाई रहेको पनि बताए ।मन्त्री फेर्ने परिपाटीले जनतामा राम्रो सन्देश नजाने र जनताको काम पनि नहुने उनको भनाइ छ ।

आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताउँदै उनले आपसी असमझदारी र कमिकमजोरी सच्याउँँदै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ०२ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले