१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्ने तयारी : मन्त्री चौधरी



काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।

चौधरीले भने,‘ निर्वाचन मैले ठयाक्कै भन्न सक्दिन तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको दुई÷तीन महिनापछि सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला । मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ । त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ४७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर