१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप



हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको २०७९/८० बजेटमाथि छलफल जारी छ । मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्य आरोपप्रत्यारोपमै व्यस्त देखिए ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका १७ सांसदले भनाइ राखेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच बजेटका विषयमा चर्काचर्की परेको थियो ।

बैठकमा सत्तापक्षका सांसद्हरुले विगतको तुलनामा राम्रा र उपलब्धीमूलक योजनाहरुमा बजेट विनियोजन गरेको बताएका थिए भने प्रतिपक्षले प्रदेश सरकारले जनताको हितमा बजेट ल्याउन नसकेको आरोप लगाएको थियो ।

सत्तापक्षले विगत साँढे ३ वर्षसम्म सरकारको नेतृत्व गरेर ४ वटा बजेट ल्याउने सरकारका मन्त्री र सांसद्हरुले वर्तमान सरकारको आलोचनाको कुनै अर्थ नभएको बताएका थिए । विगतका सरकारले गर्न नसकेका कामहरु वर्तमान सरकारले गर्ने प्रयत्न गरेको उनीहरुको दावी छ । यस्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद्हरुले प्रदेश सरकारले जनताको हितमा नभई आफ्ना कार्यकर्ता पोस्ने खालको योजना ल्याएको आरोप लगाए ।

सरकारले ल्याएको वडा वडामा समाजवाद भन्ने कार्यक्रम पनि औचित्यहिन भएको उनीहरूको भनाइ थियो । प्रतिपक्षका सांसदले प्रदेश सरकारले मन्त्रालयमा समेत विभेद गरेर लाभान्वित हुने नागरिकको तथ्याङ्क नै नहेरी कुनै मन्त्रालय २४ करोड रुपैयाँ मात्र र कुनै मन्त्रालयलाई २४ अर्ब रुपैयाँसम्म बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : २७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले