२० श्रावण २०८३, बुधबार | August 5, 2026

बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध



बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो ।

बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ०० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल