१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रिय धान दिवसको अबसरमा आश्रमका वृद्धवृद्धालाई दही चिउरा



बुटवल । राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन पारेर मानव सेवा आश्रम बुटवलका वृद्धवृद्धाहरुलाई एउटा सामाजिक संस्थाले दही चिउरा खुवाएर छन । लायन्स क्लब अफ बुटवल खस्यौलीले बुधबार आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दहीचिउरा खुवाएको हुन ।

क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायले सामाजिक उत्तरदायित्वमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए । बुटवलमा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा दही चिउरा खुवाउने कार्यक्रम गरिएको हो ।

परिवारबाट टाढा भएका आश्रममा बस्नेहरुलाई पर्वको अवसर पारेर मिठो खुवाउने प्रचलन प्रारम्भ गरेको उनले बताए । सबैको साथ सहयोगको अपेक्षामा आश्रम रहेको उनले बताए ।

कार्यक्रम सफल बनाउन बस्याल किरानाका संचालक बिनोद बस्याल, हिम कस्तुरी मिष्ठानका संचालक गणेश पौडेल, पोखरेल दूध डेरीका संचालक धुर्ब पोख्रेल, क्लबका अनिल पौडेलबाट समेत सहयोग मिलेको उनले बताए । आश्रमका १ सय ४५ जनालाई सेवा दिएको उनले बताए । आफनो कार्यक्रममा करीब ५ दर्जन बढी मानव सेवाका काम सम्पन्न गर्न सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै आश्रमकी सरु अधिकारीले समाजका मनकारीहरुको सहयोगबाट आश्रम संचालन गर्न सहज भएको बताईन । आश्रमको आफनै भवन निमार्ण भएपछि वृद्धवृद्धाहरुलाई सेवा दिन सजिलो हुने उनले बताईन ।

कार्यक्रममा आश्रमका संरक्षक शेर बहादुर गौतम, क्लबका सचिब बिकास गौतम, वर्ष २०२२/२०२३ का अध्यक्ष कमल देवकोटा, सचिब अनिल पौडेल, कोषाध्यक्ष राजु खत्रीले सामाजिक कार्यलाई आगामी वर्षमा निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ५९ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष