२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

राष्ट्रिय धान दिवसको अबसरमा आश्रमका वृद्धवृद्धालाई दही चिउरा



बुटवल । राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन पारेर मानव सेवा आश्रम बुटवलका वृद्धवृद्धाहरुलाई एउटा सामाजिक संस्थाले दही चिउरा खुवाएर छन । लायन्स क्लब अफ बुटवल खस्यौलीले बुधबार आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दहीचिउरा खुवाएको हुन ।

क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायले सामाजिक उत्तरदायित्वमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए । बुटवलमा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा दही चिउरा खुवाउने कार्यक्रम गरिएको हो ।

परिवारबाट टाढा भएका आश्रममा बस्नेहरुलाई पर्वको अवसर पारेर मिठो खुवाउने प्रचलन प्रारम्भ गरेको उनले बताए । सबैको साथ सहयोगको अपेक्षामा आश्रम रहेको उनले बताए ।

कार्यक्रम सफल बनाउन बस्याल किरानाका संचालक बिनोद बस्याल, हिम कस्तुरी मिष्ठानका संचालक गणेश पौडेल, पोखरेल दूध डेरीका संचालक धुर्ब पोख्रेल, क्लबका अनिल पौडेलबाट समेत सहयोग मिलेको उनले बताए । आश्रमका १ सय ४५ जनालाई सेवा दिएको उनले बताए । आफनो कार्यक्रममा करीब ५ दर्जन बढी मानव सेवाका काम सम्पन्न गर्न सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै आश्रमकी सरु अधिकारीले समाजका मनकारीहरुको सहयोगबाट आश्रम संचालन गर्न सहज भएको बताईन । आश्रमको आफनै भवन निमार्ण भएपछि वृद्धवृद्धाहरुलाई सेवा दिन सजिलो हुने उनले बताईन ।

कार्यक्रममा आश्रमका संरक्षक शेर बहादुर गौतम, क्लबका सचिब बिकास गौतम, वर्ष २०२२/२०२३ का अध्यक्ष कमल देवकोटा, सचिब अनिल पौडेल, कोषाध्यक्ष राजु खत्रीले सामाजिक कार्यलाई आगामी वर्षमा निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ५९ बजे

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले