१९ माघ २०८२, सोमबार | February 3, 2026

विवादै विवादमा मुछिएकी लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री विमलाले बुझाईन् राजीनामा



बुटवल । पटक पटक बिबादमा मुछिएकी लुम्बिनी प्रदेस सरकारकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । विमलाको कारणले पार्टीमा आँच आउने देखिएपछि मुख्यमन्त्री कुल प्रसाद केसीको निर्देशनमा उनले राजीनामा बुझाएकी बताइएको छ ।

४ दिन अघि राजीनामा बुझाएकी भनेर सार्वजनिक गरिएपनि पुरानो मिति राखेर आजै मध्यान्ह वलीले कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी माओवादी उच्च स्रोतले दाबी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले १२ गते नेै वलीले राजीनामा दिएको बताएका थिए । वलीको राजीनामा आज बस्ने प्रदेशसभा बैठकमामुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिने प्रमुख सचेतक घर्तीले बताए ।

जेठ ३१ गते मन्त्री वलीका प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समितिसमेत गठन गरेको थियो । समितिले आजै मुख्यमन्त्रीलाई छानविनको प्रतिबेदन बुझाउने कार्यक्रम तय भएको छ ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। प्रमुख प्रतिपक्ष एमालेले माओवादीमा खुल्नु अघि एमालेमा खुलेको दाबी गर्दै उनलाई पदमुक्त गर्नु पर्ने माग सहित लामो समय संसद समेत अवरुद्ध गरेको थियो ।

एमालेले पार्टीमा फर्काउने प्रयास स्वरुप तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकारी आवासमा राखेपछि विमलाले आफुलाई अपहरण गरेर बन्धक बनाईएको आरोप समेत लगाएकी थिइन् । तर अपहरण र बन्धकको औपचारिक कानुनी उपचार खोज्न भने उनी पछि हटिन् ।

माओवादी रोजेको उपहार स्वरुप माओवादीले विमलालाई राज्यमन्त्री बनाएको थियो । सरकारले आजै बजेट पास गर्न र प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको बुझिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली