१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विमला वली प्रकरणको छानविन सकियो, वलीले कमजोरी गरेको छानविन समितिको ठहर



बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानविनको प्रतिवेदन बुझाएको छ । छानविन समितिको संयोजक आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिबेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् ।

गत जेठ ३१ गते राज्यमन्त्री वलीले उनको प्रेमी भनिएका दाङ तुलसीपुरका वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन शर्मा संयोजक रहेको ३ सदस्सीय छानविन समिति गठन गरेको थियो । समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए । प्रतिबेदन बुझाउन मुख्यमन्त्री कार्यालयमा भने मन्त्री द्वय शर्मा र घर्ती उपस्थित भएपनि मुख्य न्याधिवक्ता सुबेदी अनुपस्थित रहेका थिए ।

छानविन प्रतिबेदन बुझाउँदै समितिका संयोजक तथा आन्तरिक मासमला तथा सञ्चार मन्त्री शर्माले समितिले राज्यमन्त्री अनाधिकृतरुपमा अरुको घरमा जानु कमजोरी भएको ठहर गरेको जानकारी दिए । उनले राज्यमन्त्रीको पदको हैसियतले व्यक्तिगत पैसा उठाउन कसैको घरमा पुग्नु गलत भएको समितिले ठहर गरेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले एकराज र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको उनले बताए ।

प्रतिबेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिक रुपमा राज्यमन्त्रीबाट कमजोरी भएको देखिएको बताए । उनले प्रतिबेदनको अध्ययन पछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने बताए । राज्यमन्त्रीले गल्ती गर्दागर्दै पनि उनलाई फँसाउन पूर्व तयारी साथ योजना बनाईएको पनि मुख्यमन्त्री केसीले आशंका गरे । उनले समयसिमा भित्रै प्रतिबेदन तयार गरेकोमा समितिलाई धन्यबाद पनि व्यक्त गरे ।

गत जेठ ३१ गते राज्यमन्त्री वली दाङ तुलसिपुर स्थित एकराज बस्नेत नभएको अवस्थामा राज्यमन्त्री वलीले एकराजको घरमा प्रवेश गरि उनका पत्नी मिना बस्नेत र नाबालिका छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले मन्त्री वलीलाई एकराजकै घरमा थुनेका थिए । स्थानीयले कालोमोसो लगाउने तयारी गरेको सूचना पाएपछि प्रहरीले उद्दार गरि राज्यमन्त्री वलीलाई बुटवल पु¥याएको थियो । छानविन समितिको प्रतिबेदन आउनु अघि राज्यमन्त्रीले राजीनामा दिएको र मुख्यमन्त्रीले स्विकृत पनि गरिसकेको भनिएपनि राजीनामाका विषयमा वलीले सार्वजनिक प्रतिक्रिया दिएकी छैनन् ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि बैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : २९ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान