२० श्रावण २०८३, बुधबार | August 5, 2026

पाकिस्तानी दूतावासद्वारा आयोजित निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगि पुरस्कृत



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासलेनवौं वार्षिक पाकिस्तान निबन्ध लेखन प्रतियोगिता र पाँचौं वार्षिक राजदूत पाकिस्तान भाषण प्रतियोगिता आयोजना गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको छ ।

पाकिस्तानका राजदूत सैयद हैदर शाहले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

यस्तै, १० उत्कृष्ट विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । निबन्ध लेखन प्रतियोगिताको विषय ‘जलवायु परिवर्तन एक कठोर वास्तविकता’ रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई स्वर्ण, रजत, कास्य पदक र नगद पुरस्कार सहित स्मारिका प्रदान गरिएको थियो । त्यसमा १२ जना उत्कृष्ट विद्यार्थीले पनि नगद पुरस्कार पाएका छन. । वक्तृत्वकला प्रतियोगिताको विषय ‘शिक्षामा सामाजिक सञ्जालको महत्व’ थियो ।

ती दुई प्रतियोगितामा उच्च माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मका नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पाकिस्तानका राजदूत शाहले सहभागी विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै उनीहरूलाई दुई देशका युवाहरूबीचको बलियो पुल भएको बताए। राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्त्वलाई प्रकाश पारेका थिए ।

हरेक वर्ष आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवामाझ लोकप्रिय बन्दै गएको छ भने देशभरका विद्यार्थीहरुको ध्यानाकर्षण भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३२ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर