८ चैत्र २०८२, आइतबार | March 23, 2026

लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ



सुर्खेत । लागूऔषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका-१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका-३ मुसुरीखेत बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीकाअनुसार उनलाई सोधपुछ गरेर शरीर खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय