१९ माघ २०८२, सोमबार | February 2, 2026

मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं



बुटवल । असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो ।

गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो ।

लुम्बिनीमा धान रोपाईं हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाईं सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाईँ भएको छ ।

नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये चार हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाईँ सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।
लुम्बिनी मा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने एक हजार ४१९ हेक्टर मध्ये ९२३ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा चार हजार ३४० हेक्टर मध्ये दुई हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३२ प्रतिशत र बर्दियामा ३५ प्रतिशत रोपाईँ सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७७ हेक्टरमा रोपाईँ सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाईँ भएको छ । जिल्लामा धान खेती हुने कुल आठ हजार ५० हेक्टर मध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

गुल्मीमा २७ प्रतिशत रोपाईँ हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाईँ सकिएको छ । गुल्मीमा कुल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ भने पाल्पमा सात हजार ७०६ हेक्टर मध्ये दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिसकेको छ । प्यूठान ६० प्रतिशत रोपाईँ सकिएको छ । जिल्लाको कुल धान रोपाईँ हुने ६ हजार ५८० हेक्टर मध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाईँ सकिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : २४ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका