१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

रुपन्देहीमा छुट्टाछुट्टै स्थानका सडकमा २ जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैना-१ बोलबम मार्गमा स्थानीय एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्ग सडकको करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेर मृत्यु भएको अवस्थामा ती युवा फेला परेका हुन् । बिहानै सडक किनारमा युवक पल्टेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना-४ सदवोदराका ३० वर्षीय दिपक कुमाल बाटोमा लडेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । घटनाको प्रकृति हेर्दा आफै अनियन्त्रित भई सडक छेउमा लडेको देखिएको र उनको निधारमा सामान्य चोट समेत लागेको ईलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेले बताए । शवलाई थव अनुसन्धानका लागि पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको उनले जनाए ।

सैनामैना-४ मा घर भएका उनी सैनामैनाकै वा नम्बर-१ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ करिब ९ः१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनी बीच बाटोमा समेत थप मदिरा सेवन गर्दा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । परिवारले रातको करिब १२ः१ बजेको समयमा सम्पर्क गर्दासम्म उनलाई फोन लागेको थियो ।

आजै बहिान तिलोत्तमाको मणिग्राममा बेवारिसे अवस्थामा भेटिएका एकजना घाइतेको आज विहान मृत्यु भएको छ । सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ५०/५५ वर्षका पुरुषलाई स्थानीयले उद्दा गरि क्रिमसन अस्पताल मणिग्राम पु¥याएका थिए । क्रिमशनबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएकोमा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीले बताए । मृतक पुरुषको अन्य परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : १५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका