१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालक पर्वतका सुमन अधिकारीको मृत्यु




काठमाडौं । काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका(७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएकामा उनलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : २९ बजे

राशिद र करणको विस्फोटक ब्याटिङमा कर्णाली विरुद्ध काठमाण्डुको जित

काठमाडौं । राशिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा

सशस्त्र प्रहरीबाट ७ महिनाको अवधिमा १ अर्ब ३३ करोड बढीको अबैध सामाग्री बरामद

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालक पर्वतका सुमन अधिकारीको मृत्यु

काठमाडौं । काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक